दफा १३
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
१३. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः
(१) समितिले आफ्नो काम सुचारुरुपले सञ्चालन गर्नको लागि सम्बन्धित क्षेत्रका विज्ञहरू समेत रहेको उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार, कार्यावधि तथा त्यस्तो उपसमिति वा कार्यदलका सदस्यहरूले पाउने सुविधा नेपाल सरकारको सहमति लिई समितिले तोकिदिए बमोजिम हुनेछ ।